नेपाल सरकार
शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा - २०८२
तह : निम्नमाध्यमिक
पूर्णाङ्क : ६०
श्रेणी: द्वितीय
समयः २ घण्टा २० मिनेट
विषयगत प्रश्नपत्र
तलका सबै प्रश्नहरू हल गर्नुहोस् ।
१ शिक्षकको अवकाश सम्बन्धमा विद्यमान कानुनी व्यवस्था लेखुहोस् । शिक्षा नियमावली, २०५९ मा रहेका शिक्षकले पालना गर्नुपर्ने आचार संहिता उल्लेख गर्दै तिनीहरूको कार्यान्वयन/पालनाको अवस्था समीक्षा गर्नुहोस् । ३+४+३
२. शिक्षकहरूले कक्षाकोठामा सकारात्मक वातावरण निर्माण गर्न अपनाउन सकिने रणनीतिहरू के के हुन् ? कक्षाकोठा व्यवस्थापनमा शिक्षकको पेसागत विकासको भूमिका प्रस्तुत गर्नुहोस् । ५+५
३. "पाठ्यक्रम केवल पाठ्यवस्तुको सूचीमात्र होइन, यो एउटा गतिशील प्रक्रिया हो" यस भनाइको सन्दर्भमा पाठ्यक्रम कार्यान्वयनमा शिक्षकको भूमिकालाई विश्लेषण गर्दै पाठ्यपुस्तकबिना पाठ्यक्रममा आधारित शिक्षण गर्दा आइपर्ने चुनौतीहरू उल्लेख गर्नुहोस् । ५+५
४. शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग के कसरी गर्न सकिन्छ ? निम्नमाध्यमिक तहको शिक्षकको रूपमा तपाईंले शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई कसरी प्रभावकारी बनाउन सक्नुहुन्छ ? ४+६
५. ग्रामीण वा दुर्गम क्षेत्रका आधारभूत तहका शिक्षकको पेसागत विकासमा सामाजिक सञ्जालको उपयोगको प्रभावकारिता उल्लेख गर्दै यसका सीमाहरुको सम्बोधनका लागि प्रयोगात्मक उपायहरू सुझाउनुहोस् । ४+६
६. परीक्षा मूल्याङ्कनको एउटा साधन मात्र हो। विद्यार्थीको मूल्याङ्कनको प्रणालीमा परीक्षा बाहेकका मूल्याङ्कनका साधनहरु पनि प्रशस्तै छन् । शिक्षकले परीक्षा नै मूल्याङ्कन एकमात्र साधन हो भन्ने बुझाइ राख्दा पाठ्यक्रमले तोकेका विद्यार्थी सक्षमतालाई सही रूपमा मूल्याङ्कन गर्न सकेको पाइँदैन। मूल्याङ्कन अभिलेखनमा पनि परीक्षा बाहेकका अभिलेख विद्यालय तहमा प्रायः पाइँदैन। मूल्याङ्कन प्रणालीलाई सुदृढ र पाठ्यक्रमले निर्दिष्ट गरेको ढाँचामा प्रयोग गर्नु शिक्षकको कर्तव्य र जिम्मेवारी हो । विद्यार्थीलाई सिकाइको क्रममा समेत परीक्षाको डर देखाएर सिकाउने गर्दा सिकाइ सतही र घोकन्ते वन्न पुगेको छ। परिणामतः विद्यार्थीको सिकाइप्रतिको रूचि नै पातलो बन्न जाने डरलाग्दो अवस्थासमेत सिर्जना हुनसक्छ । मूल्याङ्कनका फरक साधन प्रयोग गर्नका लागि चाहिने पूर्वाधारसमेत विद्यालयमा नभएको र शिक्षक स्वयम् पनि कतिपय अवस्थामा अनभिज्ञ रहेको पाइन्छ । यस्तो अवस्थालाई विश्लेषण गरी तलका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) परीक्षा बाहेकका मूल्याङ्कनका साधनहरू आवश्यक छन् कि छैनन् ? विश्लेषणसहित तार्किक उत्तर दिनुहोस् । ३
ख) नेपालको विद्यालय तहमा विद्यार्थी मूल्याङ्कनमा देखिएका कुनै चारओटा मुख्य समस्याहरु लेखी ती समस्या समाधानमार्फत् समग्र मूल्याङ्कन प्रणाली सुधार्नका लागि शैक्षिक अनुसन्धानको प्रयोग कसरी गर्न सकिन्छ ? लेखुहोस् । ४
ग) पाठ्यक्रमले निर्धारण गरेका मूल्याङ्कनका तरिकाहरू प्रयोग गर्न शिक्षकमा केकस्ता सक्षमता हुन जरूरी देखुहुन्छ ? लेखुहोस् । ३
समाप्त
नेपाल सरकार
शिक्षक सेवा आयोग
आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा-२०८२
तह : निम्नमाध्यमिक श्रेणी: द्वितीय
समय : ४० मिनेट सेट : B पूर्णाङ्क : ४०
वस्तुगत प्रश्नपत्र
उम्मेद्वारले आफ्नो प्रश्नपत्रको माथि दायाँतर्फ बक्सभित्र दिइएको सेट (A, B, C वा D मध्ये कुनै एक) वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ ।
१. विद्यालय सुधार योजना निर्माण गर्दा स्थानीय अभिभावकको आवश्यकता तथा माग समावेश गर्ने उत्तम उपाय कुन हो ? A. सामाजिक परीक्षण B. अभिभावक भेला बोलाई अन्तक्रिया C. विद्यालय व्यवस्थापन समितिमा छलफल D. सार्वजनिक सुनुवाई २. तपाईंले शिक्षण गर्ने कक्षामा दृष्टि कमजोर भएका विद्यार्थी रहेछन् भने कसरी कक्षा सञ्चालन गर्नुहुन्छ ? • A. अरूसँगै राखेर सहपाठी सिकाइ गराउँछु B. ससाना समूहमा शिक्षण गर्छु C. दृष्टि कमजोरलाई अलगै राखेर शिक्षण गर्छु D. दृष्टि कमजोरलाई कक्षाको अगाडितिर बस्ने प्रबन्ध गर्छु ३. शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि प्रयोग गर्नुको मुख्य उद्देश्य के हो ? A. शिक्षकहरुको शिक्षणको कार्यभार प्रविधिलाई हस्तान्तरण गर्नु B. परम्परागत शिक्षण प्रविधिलाई विस्थापित गरी मनोरञ्जनमूलक शिक्षण गर्नु C. सिकाइलाई पहुँचयोग्य, अन्तरक्रियात्मक र आधुनिक समय सापेक्ष बनाउनु D. विद्यालयमा ठुलो सङ्ख्यामा कम्प्युटर, प्रोजेक्टर र स्मार्ट वोर्डहरूको व्यवस्था गर्नु ४. विद्यालय शिक्षामा प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार तलकामध्ये कुन होइन ? A. विद्यार्थीलाई प्रमाणपत्र दिने B. शिक्षकहरूको अभिलेख अध्यावधिक गराइ राखे C. प्रशासनिक कार्यको नियन्त्रण गर्ने D. विद्यालयमा दैनिक रूपमा मन्त्रालयले तोकेबमोजिम कक्षा लिने ५. आधारभूत तह (कक्षा ८) को अन्त्यमा हुने परीक्षा कुन सरकारको मातहतमा रहेको परीक्षा समितिले सञ्चालन गर्दछ ? A. संघीय सरकार C. स्थानीय सरकार B. प्रदेश सरकार D. संघीय तथा प्रदेश सरकार ६. शिक्षा ऐन, २०२८ को व्यवस्थाअनुसार शिक्षा विकास कोषको प्रमुख दायित्व तलकामध्ये कुन हो ? A. सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास B. नेपाल सरकारबाट प्राप्त रकमको संरक्षण C. जिल्ला समन्वय समितिबाट प्राप्त अनुदानको संरक्षण D. नेपालको शैक्षिक गुणस्तर वृद्धि भए नभएको परीक्षण ७. बहुपाठ्यपुस्तक प्रयोग नीतिले पुऱ्याउने फाइदा तलकामध्ये कुन होइन ? A. पाठ्यपुस्तक छनोटको अवसर प्रदान गर्ने B. पाठ्यपुस्तक विकास कार्यलाई वैज्ञानिक र पारदर्शी बनाउने C. पाठ्यक्रमले तोकेको भन्दा बढी ज्ञान प्रदान गर्ने D. आधिकारिक जनशक्ति र क्षेत्रको सहभागिता सुनिश्चितता गर्ने ८. सबैका लागि शिक्षा राष्ट्रिय कार्य योजनाले डकार घोषणाले तय गरेका लक्ष्यबाहेक नेपालको सन्दर्भमा थप गरिएको लक्ष्य तलकामध्ये कुन हो ? A. मातृभाषाको माध्यमबाट आधारभूत र प्राथमिक शिक्षा पाउने अधिकार C. सबै बालवालिकाका लागि प्राथमिक शिक्षाको सुनिश्चितता B. प्रारम्भिक बाल हेरचाह D. प्रौढ साक्षरतामा सुधार ९. तलकामध्ये कुन विषयमा सरकार विरूद्ध अदालतमा प्रश्न उठाउन सकिन्छ ? A. निजी क्षत्रको लगानीलाई सेवामूलक नबनाएको B. राज्यबाट माध्यमिक तहसम्मको शिक्षा निःशुल्क नबनाएको C. उच्च शिक्षालाई निःशुल्क नबनाएको D. शिक्षामा राज्यको लगानी नबढाएको १०. राष्ट्रिय पाठ्यक्रम प्रारूपले आधारभूत तहको कुन कक्षासम्म एकीकृत पाठ्यक्रम ढाँचा अवलम्बन गर्ने नीति लिएको छ ? A. कक्षा-३ सम्म B. कक्षा ५ सम्म C. कक्षा ७ सम्म D. कक्षा १-८ सम्म ११. कार्यमूलक अनुसन्धान गर्नुको मुख्य प्रयोजन के हो ? A. तथ्यको खोजी गर्नु B. समस्याका कारणहरूको पहिचान गर्नु ६. समस्याको स्वसमाधान गर्नु D. सिद्धान्तको निर्माण गर्नु १२. समालोचनात्मक चिन्तनको ABC ढाँचा अन्तर्गत 'B' (Building Knowledge) चरणमा तलकामध्ये कुन क्रियाकलाप उपयुक्त हुन्छ ? A. नयाँ सूचनाको अर्थ लगाउने, जिज्ञासा मेट्ने र सक्रिय रूपमा ज्ञान निर्माणमा संलग्न हुनु B. विद्यार्थीहरूले पुरानो ज्ञानको स्मरण गर्ने प्रयास गर्नु C. सिकेका कुराहरूको सारांश लेख्नु D. परीक्षाको लागि उत्तरहरूको तयारी गर्नु १३. अभिभावक शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्न सकिएमा तलकामध्ये कुन पक्षमा बढी सहयोग पुग्न सक्छ ? A. विद्यालयको दैनिक प्रशासन दर्विलो हुन्छ B. विद्यालयको भौतिक सुधारमा गुणोत्तरी आउँछ C. विद्यालय सूचना प्रणालीमा सुधार आउँछ D. विद्यालय समुदायविच सुसम्बन्ध स्थापित हुन्छ १४. नेपालको वर्तमान पाठ्यक्रमअनुसार भाषिक तथा सञ्चार सिपको व्यावहारिक, सिर्जनात्मक र सान्दर्भिक प्रयोग कुन तहको सक्षमता हो ? A. माध्यमिक तह कक्षा ९ - १० B. आधारभूत तह कक्षा ६ - ८ C. आधारभूत तह कक्षा ४ - ५ D. आधारभूत तह कक्षा १-३ १५. भर्चुयल कक्षामा ब्रेकआउट रुमको प्रयोग केका लागि गरिन्छ ? A. विद्यार्थीलाई व्यक्तिगत रूपमा सिकाइ गर्न सहयोग पुऱ्याउन B. एउटा विषयवस्तु सिकाइ र अर्को विषयवस्तु सिकाइबिच विश्राम गर्न C. विद्यार्थीले आफ्ना कार्यहरूको प्रस्तुतीकरण गर्न D. विद्यार्थीलाई स साना समूहमा कार्य वा छलफल गर्न १६. विद्यालय सुधार योजना निर्माण गर्दा तलकामध्ये सबैभन्दा पहिला कुन क्षेत्रको चर्चा गर्नु पर्दछ ? A. लगानीको क्षेत्र B. योजनाको उद्देश्य C. योजनाको दूरदृष्टि D. योजनाको लक्ष्य १७. शिक्षकले प्रश्नपत्र निर्माण गर्दा पाठ्यक्रमका सबै क्षेत्र र उद्देश्यहरू समेटिएका छन् भनी सुनिश्चित गर्न कुन साधनको प्रयोग गर्नु पर्दछ ? A. विशिष्टीकरण तालिका B. उत्तरकुञ्जिका C. विद्यार्थी पोर्टफोलियो D. एकाइ योजना १८. फ्लिप्ड कक्षाकोठा नमूना (Flipped Classroom Model) मा के समावेश हुन्छ ? A. कक्षाकोठामा सिद्धान्त सिक्ने र घरमा अभ्यास गर्ने B. सिकाइबाट प्रविधि टाढा राखे C. विद्यालयमा मात्र भिडियो हेर्ने D. घरमा नयाँ विषयवस्तु सिक्ने र कक्षामा क्रियाकलाप गर्ने १९. वार्षिक कार्यतालिकाका आधारमा तयार गरिने वार्षिक शैक्षणिक योजना निर्माण गर्ने जिम्मेवार व्यक्ति को हो ? A. प्रधानाध्यापक B. सम्बन्धित विषय शिक्षक C. विद्यालय कर्मचारी D. प्रधानाध्यापकले तोकेको व्यक्ति २०. नेपालको संविधानबमोजिम प्रतिनिधि सभाको सदस्य छनोट लागि नेपाललाई केको आधारमा एकसय पैसट्टी निर्वाचन गर्दा पहिलो हुने निर्वाचित हुने प्रणाली (First past the Post) को क्षेत्र कायम गरिएको छ ? A. भौगोलिक अनुकूलता B. जनसङ्ख्या र भौगोलिक अनुकूलता Ç. जनसङ्ख्या, र भौगोलिक अनुकूलता तथा विशिष्टता D. जनसङ्ख्या र भौगोलिक विशिष्टता २१. मामता अध्ययनको सबल पक्ष के हो? A नमुना अध्ययनको प्रामिलाई जनमइरुपामा सामान्यीकरण गर्नु ॥ प्रयोगमार्फत परिकल्पनाको मापन गर्नु तथ्याङ्कीय महत्त्वका साथ कारण र प्रभाव मापन गर्नु 11. विशिष्ट घटनामा गहन बुझाइ प्रदान गर्नु २२. तल दिइएकामध्ये शिक्षकको पेसागत सक्षमताभित्र नपर्ने तत्व कुन हो ? A. उच्चस्तरको व्यवस्थापकीय ज्ञान C. शिक्षण सिकाइका तौर तरिकाहरुको ज्ञान B. वात्तवातिका / सिकारुको जान 1D. सिकाइ वातावरण तथा कक्षा व्यवस्थापनको ज्ञान २३. स्थानीय पाठ्यक्रम लागु गर्नुको महत्त्वपूर्ण पक्ष कुन हो ? A. पाठ्यक्रमलाई विस्तृत बनाउनु C. मूल पाठ्यक्रमले नसमेटेको स्थानीय परिवेशको ज्ञान दिनु 8. बालबालिकालाई उच्चस्तरको ज्ञान दिनु D. अङ्ग्रेजी भाषालाई थप प्राथमिकता दिनु २४. दिइएकामध्ये दिगो विकास लक्ष्य-४ (SDG4) को परिमाणात्मक लक्ष्य कुन हो ? A. निःशुल्क, न्यायोचित तथा गुणात्मक प्राथमिक र माध्यमिक शिक्षा B. व्यावसायिक तालिमको पहुँच विस्तार र विकास C. भायमा रहेको असमानता न्यूनीकरण D. अनिवार्य तथा गुणात्मक प्राथमिक र माध्यमिक शिक्षा २५. कक्षाकोठा व्यवस्थापन गर्नका लागि विद्यार्थीहरूलाई उत्तरदायी बनाउन तलकामध्ये प्रभावकारी कार्य कुन हो? A. समूह निर्माण C. बसाइ व्यवस्थापन 9. कार्य उत्तरदायी तालिका D. आपसी इन्द्र व्यवस्थापन २६. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहको अधिकार क्षेत्रभित्र नपर्ने विषय तलकामध्ये कुन हो ? A. गाभिएका विद्यालयको सम्पत्ति व्यवस्थापन B. विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण C. विद्यालयको नक्साङ्कन अनुमति D. सीमान्तकृत समुदायको उत्थान २७. अन्तरविषयक ढाँचामा आधारित पाठ्पकम कार्यान्वयन भएका कक्षाहरू कुन हुन् ? A. कक्षा ६-८ B. कक्षा ४-५ C. कक्षा १-३ D. कक्षा १८ २८. समावेशी शिक्षाको मर्मलाई तलकामध्ये कुन भनाइले सबैभन्दा उयपुक्त रूपमा व्याख्या गर्दछ ? A. अपाङ्गता भएका बालबालिकाहरूलाई छुट्टै विशेप विद्यालयमा राखेर शिक्षण गर्नु B. विविधतालाई अवरोध नभई अवसरको रूपमा स्वीकारी शिक्षणमा समतामूलक वातावरण निर्माण गर्नु C. विद्यालयमा विद्यार्थीहरूको भौतिक उपस्थितिलाई प्राथमिकता दिनु D. बालबालिकाहरूलाई लैङ्गिक आधारमा वर्गीकरण गरी शिक्षण गर्नु २९. शिक्षकको पेसागत विकासमा सामाजिक सञ्जाल (Social Network) को प्रयोग कसरी प्रभावकारी हुन सक्छ ? A. विद्यालयका प्रशासनिक र शैक्षणिक गुनासाहरुलाई सार्वजनिक बहसको विषय बनाएर B. कक्षाकोठामा शिक्षण गर्नुपर्ने विषयवस्तुको सामाजिक सन्जालमा उपलब्ध भिडियोहरु प्रदर्शन गरेर ८. सहकर्मीहरूसँग भर्चुयलरूपमा सम्वाद र सहकार्य गरी शैक्षणिक अभ्यासहरूको आदानप्रदान गरेर D. विद्यार्थीहरूलाई सामाजिक सञ्जालमा पछयाउन लगाई उनीहरूको निगरानी गरेर ३०. विद्यालयको सामाजिक परीक्षण प्रतिवेदनको कार्यान्वयन गर्ने प्रमुख दायित्व कसको रहन्छ ? A. विद्यालय प्रधानाध्यापक B. अभिभावक र समाज C. शिक्षक अभिभावक सङ्घ D. विद्यालय व्यवस्थापन समिति ३१. शिक्षामा लैड्रिङ्गक समानताको व्यवस्था गर्न विद्यालयहरुले अवलम्बन गर्नुपर्ने सबैभन्दा प्रभावकारी उपाय कुन हो ? A. विद्यालयमा छात्राहरूको लागि मात्र छात्रवृत्ति व्यवस्था गर्नु B. विद्यालयमा पुरूष र महिला शिक्षकहरुको सङ्ख्या बराबर बनाउनु कक्षाकोठामा शिक्षण गर्ने कममा छाव तथा छावाहरूलाई छुट्टाछुट्टै कोलममा राखेर शिक्षण गर्नु D. विद्यालयका भौतिक संरचनामा सुधार र लैङ्गिक संवेदनशीलतासहितको व्यवहार र पाठ्यक्रम लागु गर्नु ३२. विपत् वा महामारीको समयमा शिक्षण सिकाइलाई निरन्तरता दिन अपनाइने उपयुक्त उपाय कुन हो ? वैकल्पिक सिकाइका विधिहरू अपनाउने B. पठनपाठन स्थगित गर्ने C. परीक्षा प्रणाली हटाउने D. पाठ्यक्रम परिमार्जन गर्ने ३३. विधालय व्यवस्थापन समितिले विद्यालयको नीति निर्माण, स्रोत परिचालन र समुदायसँगको सम्बन्ध विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नु कुन प्रकारको व्यवस्थापनसँग सम्बन्धित छ ? A. केन्द्रीय व्यवस्थापन B. विकेन्द्रित व्यवस्थापन C. प्राविधिक व्यवस्थापन D. व्यक्तिगत व्यवस्थापन ३४. उपचारात्मक शिक्षणको मुख्य आधार के हो ? A. सार्वजनिक परीक्षण B. बौद्धिक परीक्षा C. निदानात्मक परीक्षा D. स्तरीकृत परीक्षा ३५. तलकामध्ये आधारभूत शिक्षा (कक्षा ६-८) को सक्षमता कुन हो ? A. उच्च तहमा अध्ययनको आधार विकास B. प्राविधिक ज्ञान, सिप, प्रविधि तथा पेसागत र व्यवस्थापकीय क्षमताको विकास र प्रयोग C. कला तथा सौन्दर्यप्रति अभिरूचि र सिर्जनात्मकताको विकास D. तार्किक तथा व्यावहारिक गणितीय ज्ञान, सिप र अभिवृद्धिको विकास र प्रयोग ३६. बालवालिकाले निश्चित सही उत्तर दिएपछि पुनर्बल प्रदान गर्ने गरी बनाइएको तालिकालाई कुन पुनर्बल तालिकाको रूपमा लिइन्छ ? A. निश्चित अनुपात पुनर्बल तालिका C. नियमित पुनर्बल तालिका B. निरन्तर पुनर्बल तालिका D. निश्चित अवधि पुनर्बल तालिका ३७. लेटर ग्रेडिङ निर्देशिकाअनुसार उपलब्धि प्रतिशत ७० भन्दा बढी र ८० प्रतिशतभन्दा कम प्राप्त गरेको विद्यार्थीको ग्रेड निर्धारणमा उपलब्धि स्तरको व्याख्या कसरी गरिन्छ ? A. उत्तम B. उत्कृष्ट C. ग्राह्य D. सन्तोषजनक ३८. विद्यार्थीले कुनै कार्य कत्तिको राम्रोसँग सम्पादन गर्न सक्छ भनी मूल्याङकन गर्नुपर्यो भने कुन साधन बढी उपयोगी होला ? A. रूजू सूची B. मौखिक प्रश्न C. रूब्रिक्स D. लामो उत्तर आउने प्रश्न ३९. संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा (सन् १९४८) मा तलकामध्ये कुन कुरा शिक्षासम्बन्धी मानव अधिकारमा समावेश छैन ? A. राज्यले तोकेको स्थानमा अभिभावकले आफ्ना बालबालिकालाई शिक्षा दिनुपर्छ B. आफ्ना बालबालिकाका लागि अभिभावकले विद्यालय छनोट गर्न सक्छन् C. प्रारम्भिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य हुनेछ D. प्रत्येक व्यक्तिलाई शिक्षाको अधिकार हुनेछ ४०. प्रश्नपत्रमा सुधार गर्न गरिने पद विश्लेषण (Item Analysis) को उद्देश्य कुन होइन ? A. प्रश्नको कठिनाइस्तर पत्ता लगाउनु B. प्रश्नको वैधता पत्ता लगाउनु . वहुवैकल्पिक प्रश्नमा विकल्पहरूको प्रभावकारिता पत्ता लगाउनु D. प्रश्नको गहिराइ र विस्तार पत्ता लगाउनु समाप्त