राजविराज नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
शिक्षा, युवा तथा खेलकुद शाखा
राजविराज, सप्तरी
आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा - २०८२
परीक्षा कार्यक्रम
परीक्षा सञ्चालन हुने समय :- दिउँसो २:०० बजे देखि ४:०० बजे सम्म
| मिति | बार | विषय |
|---|---|---|
| २०८२/१२/०८ | आइतबार | गणित |
| २०८२/१२/०९ | सोमबार | अंग्रेजी |
| २०८२/१२/१० | मंगलबार | विज्ञान तथा प्रविधि |
| २०८२/१२/११ | बुधबार | नेपाली |
| २०८२/१२/१२ | विहिबार | सामाजिक अध्ययन र मानव मूल्य शिक्षा |
| २०८२/१२/१५ | आइतबार | स्वास्थ्य तथा शारीरिक शिक्षा |
| २०८२/१२/१६ | सोमबार | स्थानीय विषय/कम्प्युटर |
द्रष्टव्य :-
- परीक्षा आवेदन फाराम नभरेका परीक्षार्थीले परीक्षा दिन पाउने छैन ।
- परीक्षार्थीको नाम, थर, जन्ममिति, बुवा/आमाको नाम लगायत सम्पूर्ण विवरण पछि सम्म फरक नपर्ने गरी रुजु गरी/गराई अनलाइनमा प्रविष्टी गरे अनुसार नै हुनेछ ।
- अनलाइन आवेदन प्रविष्टी नगरेका परीक्षार्थीलाई कुनै पनि हालतमा परीक्षामा सामेल गराइने छैन ।
- परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षा पूर्व तोकिएका परीक्षा केन्द्रहरुमा उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षकस्टाफ र सम्बन्धित वडा अध्यक्ष लगायत सरोकारवालाहरुको बैठक बसी छलफल गर्न हुन ।
- विषयगत उत्तरपुस्तिका परीक्षण सम्बन्धित शाखाबाट हुने भएकोले विद्यालयबाट परीक्षामा सामेल हुने परीक्षार्थीहरुको प्रयोगात्मक अंक अनलाइन बेस EMIS मा मिति २०८२/१२/०८ गते भित्र भरी सोको प्रमाणित प्रति शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गरी सक्नु पर्नेछ ।
- उत्तरपुस्तिका लगायतका अन्य फारामहरु शिक्षा, युवा तथा खेलकुद शाखाबाट मिति २०८२/१२/०६ गते शुक्रबार दिउँसो १:०० बजेबाट उपलब्ध गराईनेछ ।
- परीक्षा सञ्चालन हुनु भन्दा १ (एक) घण्टा अगाडी मात्र शिक्षा, युवा तथा खेलकुद शाखाबाट प्रश्नपत्र उपलब्ध गराईनेछ ।
- केन्द्राध्यक्ष एवम् सहायक केन्द्राध्यक्षहरुको अभिमुखिकरण मिति २०८२/१२/०६ गते विहान ११:०० बजेबाट सञ्चालन गरिनेछ ।