लोक सेवा आयोग नेपाल विविध सेवा, राजपत्राङ्ङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरह (प्राविधिक), कम्प्युटर निर्देशक पदको प्रतियोगितात्मक लिखित परीक्षा
मितिः २०८२/१२/८ समयः १ घण्टा ३० मिनेट पत्रः प्रथम, खण्ड (क) पूर्णाङ्कः ५०
विषयः प्रशासन र व्यवस्थापन
तलका प्रश्नहरूको उत्तर दिनुहोस् ।
१ सार्वजनिक नीतिको परिचय दिँदै सार्वजनिक नीति तर्जुमाका चरणहरूका बारेमा लेख्नुहोस् । ५
२. सेवा प्रवाहमा प्रविधिको उपयोगको महत्वमाथि प्रकाश पार्नुहोस् । प्रविधिलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला? सुझाव प्रस्तुत गर्नुहोस् । ५
३. नेपालको बजेट कार्यान्वयनको अवस्थाका सम्बन्धमा अनुगमन तथा मूल्याङ्कन गर्न के-कस्तो प्रणाली अवलम्बन गरिएको छ? चर्चा गर्नुहोस् । ५
४. व्यवस्थापन सूचना प्रणाली (MIS) को बारेमा विस्तृत रूपमा विश्लेषण गर्नुहोस् । ५
५. प्रभावकारी व्यवस्थापनको लागि नेतृत्व, उत्प्रेरणा, नियन्त्रण र समन्वय किन आवश्यक हुन्छ? स्पष्ट पार्नुहोस् । ५
६. संगठन संरचना सपाट (Flatter) र विकेन्द्रित हुँदै जाँदा त्यसले समन्वयको आवश्यकता र ढाँचामा कस्तो प्रभाव पार्दछ? व्याख्या गर्नुहोस् । ५
७. नेपालमा बसाई सराईको कारणले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको असरका बारेमा चर्चा गर्नुहोस् । ५
८. नेपालले लिएको दिगो विकासको लक्ष्य प्राप्त गर्ने सम्बन्धमा के-कस्ता चुनौतीहरू देखिएका छन्? सोह्रौं आवधिक योजनाले लिएका लक्ष्यका आधारमा प्रस्तुत गर्नुहोस् । ५
९. आरक्षण र सकारात्मक विभेदको सैद्धान्तिक अवधारणाबारे चर्चा गर्दै नेपालमा यसको महत्व किन छ? स्पष्ट गर्नुहोस् । २.५+२.५=५
१० महिला विकासका लागि योजना र कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्दा अवलम्बन गर्नुपर्ने ३ वटा मुख्य रणनीतिहरू के-के हुन सक्छन्? चर्चा गर्नुहोस् ।
***** समाप्त*****
लोक सेवा आयोग नेपाल विविध सेवा, राजपत्राङ्ङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरह (प्राविधिक), कम्प्युटर निर्देशक पदको प्रतियोगितात्मक लिखित परीक्षा मितिः २०८२/१२/८ समयः १ घण्टा ३० मिनेट पत्रः प्रथम, खण्ड (ख) विषयः सेवा सम्बन्धी सामान्य विषय पूर्णाङ्कः ५० तलका प्रत्येक प्रश्नको उत्तर छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ । 1. What are the major provisions of the Copyright Law in Nepal? Mention the penalties of copyright infringement if reproduced and distributed works without authorization in Nepal. 6+4=10 2. सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ अनुसार कृषि तथा पर्यटन क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धी रणनीतिक व्यवस्थाबारे वर्णन गर्नुहोस् । 10 3. Explain briefly the guidelines for Advance Passenger Information issues by ICAO. Also illustrate the major clauses of WTO which affects the Information Technology (IT) sector of Nepal. 5+5=10 4. Outline the guidelines and standards related to government enterprise architecture. Highlight the major issues on internet standards and regulations. 5+5=10 5. डिजिटल नेपाल फ्रेमवर्क, २०७६ को वर्तमान अवस्थाबारे प्रकाश पार्नुहोस् । यसको कार्यान्वयनमा के-कस्ता कमजोरी तथा अवरोध आएका छन्? यस फ्रेमवर्कको उपयोगबाट नेपालले सूचना प्रविधि क्षेत्रमा फड्को मार्न कत्तिको सक्षम रहला ? बुँदागत रूपमा समीक्षा गर्नुहोस् । 3 + 3 + 4 = 10 ***** समाप्त *****