राजविराज नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
शिक्षा, युवा तथा खेलकुद शाखा
राजविराज, सप्तरी
विषय:- शैक्षिक सत्र २०८२ को अन्तिम परीक्षा सञ्चालन सम्बन्धमा ।
श्री प्रधानाध्यापक ज्यू,
सामुदायिक एवम् धार्मिक विद्यालयहरू सबै,
राजविराज नगरपालिका ।
उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र २०८२ सालको वार्षिक परीक्षा (१-९) सञ्चालन गर्न राजविराज नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाबाट तपसिल अनुसारको कार्यक्रम तय भएको सम्बन्धित सबै विद्यार्थीहरूलाई जानकारी गराइदिन हुन र समयमा नै सम्पूर्ण विषयवस्तुहरूको समापन गरी पुनः अभ्यासका साथै तोकिएको ढाँचामा प्रश्नपत्रको अभ्यास गरी/गराई मिति २०८२ फाल्गुन १५ गते भित्र सम्बन्धित शाखामा विद्यार्थी संख्या समेत उपलब्ध गराइदिन हुन अनुरोध छ ।
परीक्षा कार्यक्रम
| मिति | बार | विषय/कक्षा १-३ (ECD समेत) | विषय/कक्षा ४-७ | विषय/कक्षा ९ | कैफियत |
|---|---|---|---|---|---|
| परीक्षा सञ्चालन हुने समय बिहान १०:३० बजे देखि | |||||
| २०८२/१२/०८ | आइतबार | नेपाली | नेपाली | नेपाली | |
| २०८२/१२/०९ | सोमबार | अंग्रेजी | अंग्रेजी | अंग्रेजी | |
| २०८२/१२/१० | मंगलबार | गणित | गणित | गणित | |
| २०८२/१२/११ | बुधबार | हाम्रो सेरोफेरो | सामाजिक अध्ययन तथा मा.मु. शिक्षा | सामाजिक अध्ययन तथा मा.मु. शिक्षा | |
| २०८२/१२/१२ | बिहीबार | स्थानीय विषय | विज्ञान तथा प्रविधि | विज्ञान तथा प्रविधि | |
| २०८२/१२/१५ | आइतवार | अतिरिक्त क्रियाकलाप | स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला | ऐच्छिक प्रथम | |
| २०८२/१२/१६ | सोमबार | अतिरिक्त क्रियाकलाप | स्थानीय विषय | ऐच्छिक द्वितीय | |
द्रष्टव्य :-
- उ.पु., प्रश्नपत्र लगायतका परीक्षा सँग सम्बन्धित सम्पूर्ण कागजातहरू राजविराज नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाबाट मिति २०८२ चैत्र ६ गते दिउँसो २:०० बजे देखि ३:०० बजे सम्म उपलब्ध गराइने छ ।
- विद्यार्थीलाई अनिवार्य प्रवेश पत्र दिई परीक्षामा सम्मिलित गराउनु पर्नेछ ।
- परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आ-आफ्नो तर्फबाट सहयोग गरिदिन हुन ।
- विद्यालयहरूले उ.पु. परीक्षण गरी गराई मिति २०८२ चैत्र ३० गते भित्र IEMIS Based नतिजा प्रकाशन गर्नु पर्नेछ र नतिजाको एक प्रति अनिवार्य रूपले शिक्षा शाखामा पेश गर्नु पर्नेछ ।
- कक्षा १-३ को हकमा शतप्रतिशत एकीकृत पाठ्यक्रममा उल्लेख भए बमोजिम Theme wise Evaluation & Portfolio व्यवस्थापन एवम् मूल्याङ्कन प्रक्रिया अपनाउन हुन साथै यस परीक्षाले आन्तरिक मूल्याङ्कनमा कुनै असर नगर्ने समेत जानकारी गराइन्छ ।